नेप्से परिसूचक १.९७ प्रतिशतले बढ्यो, न्यादी हाइड्रोपावरको कारोबारमा सर्किट

-



     सफल आवाज    
     फागुन ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ फागुन । साताको तेस्रो सेयर कारोबार उकालो लागेको छ । लगातार ओरालो लागेको सेयर बजार मंगलबार भने हरियाली देखिएको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २ हजार ७५४.२८ अंकमा प्रवेश गरेको छ । नेप्से परिसूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.१२ प्रतिशतले बढेको छ । सेन्सेटिभ सूचक १०.८३ अंकले बढेर ५२२.१३ बिन्दुमा प्रवेश गरेको हो ।

मंगलबार २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा किनबेच भएको हो ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै उपसमूहहरुमा हरियाली देखिएको छ । आज सबैभन्दा बढी जलविद्युत समूहअन्तर्गतको सेयर बढेको छ । जलविद्युत ४.३२ प्रतिशतले बढेको छ भने वित्त उपसमूहको सेयर २.८५ प्रतिशतले बढेको हो ।

आज न्यादी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । तेह्रथुम पावर कम्पनीको सेयर ८.७०, हिमालयन उर्जा विकास कम्पनी ७.७५, कालिका पावर कम्पनीको सेयर ७.६५ प्रतिशतले बढेको हो ।