धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



धरान, ३० भदौं । धरानको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सुनसरीको धरान–१७ का ७० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।
उनमा भदौ २८ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने मृतकमा उच्च रक्तचापसहित ज्वरो खोकी जस्ता समस्या रहेको थियो ।