
काठमाडौं, ५ फागुन । साताको अन्तिम दिन सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर कारोबार मापक नेप्से सूचक १.९३ अंकले घटेर २ हजार ७३२.५२ अंकमा झरेको छ ।
नेप्से सूचक घटे पनि आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने स्थिर देखिएको छ । बुधबारकै बिन्दुमा कारोबार भएको छ । २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता सेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहहरुमध्ये ५ समूहको कारोबार धनात्मक छ भने बाँकी सबै उपसमूह ऋणात्मक दिशामा देखिएका छन् । आज सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर ६.४७ प्रतिशतले बढेको छ भने युनाइटेड आइडीआइ आरबी हाइड्रोपावरको सेयर पनि ६.३२ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । बुद्धभूमिको सेयर ४.०२ प्रतिशतले घटेको छ भने ग्रीन लाइफ हाइड्रोपावरको ३.३९ प्रतिशतले सेयर घटेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




