
काठमाडौं, ५ फागुन । देशभर पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७८९ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७४ हजार ८५७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३८ हजार २५० रहेको छ । पछिल्लो समय थप एक हजार ९९३ निको भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ४६ हजार ३३० पुगेको छ । निको हुने दर ९६.९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ६४ हजार ४७५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेको छ । अहिले होम आइसोलेशनमा १५ हजार ९७४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ६६९ आइसीयूमा १५१ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




