निरन्तर उकालो लाग्दै सुनचाँदीको भाउ

-



     सफल आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ फागुन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार आज सुनचाँदीको भाउ अझैं उकालो लागेको छ ।
छपावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएको छ भने चाँदीमा रूपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएर तोलाको ९६ हजार ५०० रूपैयाँ पुगेको छ । अघिल्लो दिन बिहिबार छापावाला सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा करोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९५ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले बृद्धि भएर तोलाको १ हजार ३०५ रूपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको