
काठमाडौं, ६ फागुन । गेटवे पेमेन्ट सर्विस प्रालिले ‘युनीफाइड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआइ) सञ्चालनका लागि एनपीसीआइ इन्टरनेसनल र मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।
सम्झौतासँगै अब बैंक वित्तीय संस्था भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्द विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट भुक्तानी सेवा प्रदायक (जस्तै : पेटीएम, गुगलपे, फोनपे आदि) मार्फत कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्ने भएको छ ।
सेवाअन्तर्गत भारतीयहरु नेपाल आउँदा क्यू–आर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने छ । प्रारम्भिक चरणमा आगामी ३ महिनाभित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसीआइले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गर्दै जाने बताइएको छ ।
उक्त सम्झौतामा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान साथै भारतमा भुक्तानीको सञ्जाल युनीफाइड पेमेन्ट इन्टरफेस (UPI) ले सफलताका साथ सञ्चालन गरिरहेको र भारतीय रिजर्व बैंकद्वारा प्रवर्दित एनपीसीआई इन्टरननेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरे ।
अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित भुक्तानीको सञ्जाल (UPI), भारतमा एनपीसीआईद्वारा सञ्चालनमा रहेको र त्यसले भारतको विद्युतीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकोमा उक्त प्रविधिमा आधारित यूपीआइ नेपालले विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने बताइएको प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले जानकारी दिए ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




