नेपाल राष्ट्र बैंकले फागुन ८ मा १० अर्बको ऋणपत्र बिक्री गर्दै

-



     सफल आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकले फागुन ८ गते १० अर्बको ऋणपत्र बिक्री गर्ने बताएको छ । राष्ट्र बैंकले सरकारलाई चाहिएको रकमको बन्दोबस्त गर्नका लागि विकास ऋणपत्र जारी गर्ने भएको हो ।

उक्त ऋणपत्र सोमबार निष्काशन हुनेछ । विकास ऋणपत्र २०८३ च को समयावधि ५ वर्षको हुनेछ । यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरु, गैर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नेपालीले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन पेश गर्नुपर्नेछ ।

ऋणपत्र खरिद गर्नका लागि प्रतिष्पर्धी वा प्रतिष्पर्धी नभई सहभागि हुन सकिने राष्ट्र बैंकले जनाएको छ । प्रतिष्पर्धाको लागि खरिदकर्तालाई ८ अर्ब ५० करोड छुट्याईएको छ । प्रतिष्पर्धा नगर्नेहरुको लागि १ अर्ब ५० करोड रहेको छ ।

ऋणपत्र खरिद गर्न चाहनेहरुले फागुन ८ गते दिउँसो ३ वजेसम्म अनलाइनमार्फत बोलपत्र दिनुपर्नेछ । यसको साँवा भुक्तानी २०८३ साल फागुन ९ गते हुने भएको छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्ध वार्षिक हुने र ऋणपत्रलाई धितोमा राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिन सकिने भएकाे छ ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना :