सर्केगाडमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै,औषधि अभाव

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७७ मा प्रकाशित



सिमकोट, ३१ भदौ । सिमकोटको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै छ । ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लक्षण भएका बिरामीहरु धेरै देखिएका बताईएको छ ।

हाल २० जना बिरामी भेटिएका छन् । स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधि नपाएपछि बिरामीलाई थप समस्या भएको स्थानियले बताएका छन ।

उपचारका लागि एकजनालाई जिल्ला अस्पताल सिमकोट लगिएकोमा उनको मृत्यु भएपछि स्थानीयवासीले भयको महसुस गरेका छन् । उनिहरुले स्वास्थ्यकर्मीको टोली पठाउन अनुरोध गरेका छन् ।

ग्रामीण क्षेत्रका वास्थ्यकर्मीहरुले समन्वय नगरेका कारण औषधिकाे बारेमा थाहा नभएकाे स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताएका छन् । बिरामी र स्वास्थ्य इकाइमा औषधिको बारेमा बुझेर पहल गरिने उनले बताए ।