
काठमाडौं, ८ फागुन । समृद्धि फाइनान्स लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । फाइनान्सले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।
फाइनान्सले १०० रुपैयाँ अंकित दरमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार हकप्रद सेयरमा लगानीकर्ताले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




