
काठमाडौं, ८ फागुन । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक भारी अंकले घटेको छ । लगातार ओरालो लागेको नेप्से आइतबार १.४० प्रतिशतले घटेको हो ।
आज सेयर कारोबार मापक नेप्से सू्चक ३९.४० अंकले घटेर २ हजार ६९३.१० अंकमा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.९९ अंकले घटेर ५१३.६४ बिन्दुमा झरेको हो । आज २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँमा किनबेच भएको हो ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये अन्य उपसमूहबाहेक सबै समूहहरु ओरालो लागेका छन् । आज सबैभन्दा बढी जीवन बिमाका लगानीकर्ताले गुमाएका छन् । जीवन बिमा २.४४, वित्त २.०२, उत्पादनमुलक उपसमूह २.३७ प्रतिशतले घटेको छ ।
युनाइडेड आइडीआइ मार्दी आरबी जलविद्युतको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर १० प्रतिशतले बढेको हो । तेह्रथुम पावर कम्पनीको ८.६४ प्रतिशत र साम्लिङ पावर कम्पनीको सेयर ६.५५ प्रतिशतले बढेको छ । भने आज सबैभन्दा बढी नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।








त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड… 




