
तस्बिरहरु : आरजु विष्ट सल्यानी
पोखरा, ८ फागुन । आइतबार दिउँसो पोखरामा भारी असिना पानी परेको छ । पश्चिमी वायु प्रभावका कारण आज पोखरामा करिब साढे ३ दशकपछि सबैभन्दा धेरै असिनापानी परेको छ ।
बाक्लो असिना परेका कारण सडकभरि असिना थुप्रिएको थियाे भने सवारी साधन रोकिएका बाटाेमै राेकिएका थिए । भारी असिना पानीले केही घण्टा बाटाे नै अबरूद्द भएकाे थियाे । असिना पानीले पाेखराका बिभिन्न स्थानमा भाैतिक क्षती समेत भएकाे छ । पाेखराकाे बिम मेटल उद्योगको छानासहित भत्किएको छ । बिम मेटलका सञ्चालक रवि गौचनका अनुसार असिना पानीले उद्योगको छाना भत्काउँदा करिब २५ लाख बराबरको क्षति भएको छ ।
पोखरामा करिब ३५ वर्ष पहिले पनि यस्तै असिना पानी परेको स्थानियबासीले बताए । पोखराका अधिकांश क्षेत्रमा दिउँसोतिर ४ इन्चदेखि १ फिटसम्म असिना जमेको थियो । असिना पानीले कृषकको तरकारी, आलु, फलफूल, तोरी, गहुँलगायत अन्नबालीमा क्षति पुगेको छ । पोखराको हेम्जा र मालेपाटनलगायत विभिन्न तरकारी खेती हुने क्षेत्रमा असिनाले व्यापक क्षति पुर्याएको कृषकहरूले बताएका छन ।



















पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




