घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     फागुन ९ गते २०७८ मा प्रकाशित



काठमाडौ, ९ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन आज सोमबार सुनचाँदीको भाउमा गिरावट भएको छ । नेपाली बजारमा छापावाला सुनको भाउमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाला सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण गरेको छ । यसअघि आईतबार छपावाला सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुनको भाउ यसदिन ९५ हजार ७०० रुपैयाँ कायम गरिएको छ । आईतबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ रहेको थियो ।

महासंघका अनुसार चाँदीको भाउ ताेलामा ५ रुपैयाँले घटेको छ । आईतबार चाँदीको भाउ तोलाको १ हजार ३०५ तोकिएको थियो ।