
पोखरा, ३१ भदौ । प्रसूति वार्डमा भर्ना भएकी एक युवतीमा शल्यक्रियाको ३ दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । जसका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा अत्यावश्यक शल्यक्रियाबाहेक बन्द गरिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया युवती गत भदौ २७ गते सुत्केरी सेवाका लागि अस्पताल भर्ना भइन् । शल्यक्रिया नगरिए आमा र बच्चाको स्वास्थ्य अवस्था जटिल हुने चिकित्सकले बताएपछि सोही दिन उनीहरुले आकस्मिक शल्यक्रिया गरे ।
ती युवतीमा कोरोनाको लक्षण देखिएपछि कोभिड–१९ आशंकामा भोलिपल्ट स्वाब संकलन गरियो । अस्पताल परिसरमै उपलब्ध कोरोना ल्याब परीक्षणमा नमुना पठाइयो । २ दिनपछि रिपोर्ट पोजेटिभ अर्थात् कोरोना संक्रमण पुष्टि भयो ।
ती युवती कोरोना संक्रमित भएको पुष्टिपछि अस्पतालको शल्यक्रिया विभाग तथा प्रसूति वार्डको निर्मलीकरणका लागि असोज १ सम्म सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।
ती युवतीको शल्यक्रिया तथा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको नतिजा नेगेटिभ नआएसम्म अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य मंगलबारदेखि नै बन्द गरिएको डा. आचार्यले बताए ।
उनका अनुसार त्यस अवधिसम्म अस्पतालको प्रसूति सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु भने सुचारु भइरहेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल यस क्षेत्रकै ठूलो सरकारी अस्पताल मानिन्छ । यहाँ दैनिक करिब १५ सय जना बिरामी आउने गर्दछन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




