८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आज अपराह्न ३ बजेसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     फागुन ९ गते २०७८ मा प्रकाशित



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब २३ करोड रुपैयाँ माथिको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिममा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको छ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सोमबार अपराह्न ३ बजेसम्म आवेदन दिन सक्ने छन् ।

बैंकका अनुसार ट्रेजरी बिल भने भोलि मंगलबार बिक्री हुनेछ । ९१ दिनका लागि कुल २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ ।