
काठमाडौं, १० फागुन । आज फेरि अमेरिकी डलरको भाउ घटेको छ । पछिल्लो केही दिन यता लगातार ओरालो लागेको अमेरिकी डलरको भाउ आज मंगलबार ११८ रुपैयाँ झरेको छ ।
सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७६ पैसामा कारोबार भएको डलरको मूल्य आज एकको खरिददर ११८.९२ रुपैयाँ र ११९.५२ बिक्रीदर कायम गरिएको छ ।
अमेरिकी डलरसँगै युरोपियन युरो पनि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार एकको खरिददर भने १३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६० पैसामा कारोबार भएको मूल्य आज एकको खरिददर १३५.११ र बिक्रीदर १३५.७९ रुपैयाँमा खरिदबिक्री भएको छ ।
आज अष्ट्रेलियन डलरको भाउ एकको खरिददर ८५.६८ रुपैयाँ र बिक्रीदर ८६.११ रुपैयाँ कायम गरिएको छ भने क्यानडियन डलरको एकको खरिददर ९३.३० रुपैयाँ र बिक्रीदर ९३.७७ रुपैयाँमा किनबेच भएको छ ।
राष्ट्र बैंकका अनुसार आज सिंगापुर डलरको एकको खरिददर ८८.३७ र बिक्रीदर ८८.८२ रुपैयाँ कायम भएको छ । जापानीज यनको आज १० को खरिददर १०.३६ र बिक्रीदर १०.४१ छ भने चाइनीज अुआनको एकको खरिददर १८.७८ र बिक्रीदर १८.८७ रुपैयाँ कायम गरिएको बैंकले जनाएको छ ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




