क्यान इन्फोटेकको २७औं संस्करण वैशाख ७ देखि हुने

-



     सफल आवाज    
     फागुन १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० फागुन । क्यान इन्फोटेकको २७औं संस्करण वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ साल वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ गतेदेखि २३ गतेसम्म दोस्रो पटक हुने गरी सम्पूर्ण तयारी गरी सकिएकोमा कोभिड-१९ को लहरपछि स्थगित गरिएको थियो ।

२७ औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पे र सह प्रायोजन स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी स्मार्ट क्यूआर) रहेका छन् । आइएमईपे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्यू आरको प्लाटिनम प्रायोजन – वर्ल्डलिंक कम्युनिकेशन : गोल्ड प्रायोजन – नेपाल टेलिकम, जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स र सागर ग्रुप अफ कम्पनी : सिल्भर प्रायोजन – नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहेका छन् ।

सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स-आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससीटी स्मार्ट क्यू आरको इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल-एकाडेमिक पार्टनर, दराज केमु-इकमर्श पार्टनर, रेबान-फुड एण्ड वेभरेज पार्टनर, मण्डला सिस्टम-भर्चुवल एक्जिविसन पार्टनर तथा अल्ट्रा एलईडी-डिजिटल डिस्प्ले पार्टनर रहेका छन् ।