
काठमाडौं, ११ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भने सामान्य बढेको छ । छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्दा चाँदीमा रुपैयाँ ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ५०० ले घटेर तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ तोलाको ९७ हजार तोकिएको थियो ।
तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा सामान्य ५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




