
काठमाडौं, ११ फागुन । एभरेष्ट इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१ प्रतिशत नगद लाभांश गरी कुल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४ सयको ६ प्रतिशतका दरले हुन आउने रकम ७ करोड १० लाख १६ हजार २६४ रुपैयाँ बराबरको बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर वापत चुक्ता पुँजीको ०.३१ प्रतिशतले हुन आउने रकम ३७ लाख ३७ हजार ६९८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




