
काठमाडौं, ११ फागुन । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार र मंगलबार सुधारिएको नेप्से आज पुनः ओरालो लागेको हाे । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक १५.५० अंकले घटेर २ हजार ७२०.४३ अंकमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२२ अंकले घटेर ५१७.९३ मा झरेको हो ।
आज दिनभर भएका ४८ हजार ९११ कारोबारबाट २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँमा किनबेच भएको हो । आज २ कम्पनीको सेयर कारोबारमा सर्किट लागेको छ ।
दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावरको सेयर कारोबार १० प्रतिशतले बढेको हो । घलेम्बी हाइड्रोको सेयर ९.२२ प्रतिशत, तेह्रथुम पावर कम्पनीको सेयर ८.८४ प्रतिशतले बढेको हो भने आज सबैभन्दा बढी नेपाल फाइनान्स कम्पनीको लगानीकर्ताले गुमाएका छन् ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




