मितेरी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेण्ट बैकिङको बोनस सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     फागुन ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेण्ट बैकिङको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत र गुहेश्वरी मर्चेण्ट बैकिङको १० प्रतिशत बोनस सेयर नेप्समा सूचीकृत भएको हो । नेप्सेका अनुसार २ कम्पनीको गरेर १९ लाखभन्दा बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो । मितेरी डेभलपमेन्ट बैंकको १० लाख ६० हजार ५११.३३ कित्ता र गुहेश्वरी मर्चेण्ट बैकिङको ८ लाख ६४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

मितेरी बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।