
काठमाडौं, १ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई जोगाउन अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा सरकारले गर्ने बताएका छन । साथै उनले प्रोत्साहनको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन ।
स्वास्थ्यकर्मी आफ्नो ज्यानको पर्वाह नगरी उपचारको लागि रातदिन खटिएका छन । उनले भने, स्वास्थ्यकर्मीलाई सम्मानजनक ढंगले काम गर्ने वातावरण सरकारले बनाउँछ, यसका लागि नेपाल सरकार प्रतिवद्ध रहेको छ ।
दोस्रो विश्व विरामी सुरक्षा दिवसकाे अवसरमा आज शुभकामना सन्देश दिदैं स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका जो जसले आवाज उठाईरहेका छन, सबैलाई आभार व्यक्त गर्दछु भनेका छन । प्रत्येक वर्ष सेप्टेम्बर १७ तारिखको दिन यो दिवस मनाउने गरिन्छ । यस पटकको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी र सुरक्षित विरामी तय भएको छ ।
मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण हुनबाट जोगिन र अरूलाई जाेगाउन नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरूलाई अनिवार्य पालना गर्न आम जनसमुदायलाई आग्रह पनि गरेका छन् । साथै उनले स्वास्थ्य संस्थामा हुने सङ्क्रमण नियन्त्रणको लागि आफ्नो दक्षता र सीप प्रयोग गरेर खटिन स्वास्थ्यकर्मीलाई आव्हान गरेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




