इमर्जिङ्ग नेपालको सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने

-



     सफल आवाज    
     फागुन २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० फागुन । इमर्जिङ्ग नेपालको साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५० लाख ४०० कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने कम्पनीको सेयरलाई प्रतिकित्ता न्युनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।