
पोखरा २० फागुन । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलको नवौं वार्षिक साधारणसभा शुक्रबार पाेखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीबबहादुर कोइरालाले छोटो समयमा नै चरक मेमोरियल हस्पिटल पोखरामा स्थापित हस्पिटल बन्न सफल भएको बताए । उनले हस्पिटलले कर तिरेर राज्यलाई सहयोग गरेपनि राज्यले त्यसको कदर नगरेको उल्लेख गरे । उनले सरकारी हस्पिटलभन्दा पनि निजीको सेवा सुविधा भरपर्दो रहेको बताए ।
हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीले २०६८ मा पोखराको नयाँबजारबाट ५० बेड क्षमताको स्वीकृति लिएर संचालन गरिएको बताउँदै आम नागरिकको विश्वासका कारण छोटो समयमा नै प्रदेशकै सुविधासम्पन्न हस्पिटल बन्न सफल भएको बताए । कोभिडको अवस्थामा धेरै हस्पिटलले ताला लगाएपनि आफूहरुले कोरोनाका बिरामीहरुको उपचार गरी धेरैको ज्यान बचाउन सफल भएको बताए ।
प्रवन्ध निर्देशक कपिल पोखरेलले कोरोनाकाे समयमा विभिन्न आरोह अवरोह झेल्दै हस्पिटलले सेवा प्रवाहमा कुनै कसर बाँकी नराखेको बताए । उनले विगत १ बर्षदेखि हस्पिटलमा मुटु र टाउकाको समेत अप्रेशन हुँदै आएको जानकारी दिए । उपचारका लागि काठमाडौं जाने विरामीका लागि पोखरामा नै उपचारको व्यवस्था गरिएको बताए ।
वरिष्ठ अधिवक्ता विष्णुप्रसाद बास्कोटाले संस्थालाई अगाडी बढाउन लगानीकर्ता मजबुत हुनुपर्नेमा जोड दिए । उनले हस्पिटलले सह्रानिय काम गरेको भन्दै खुशी व्यक्त गरे ।
सञ्चालक समितिको अध्यक्षमा पुनः रेग्मी
यसैबीच, चरक मेमोरियल हस्पिटल सञ्चालक समितिको अध्यक्षमा रामचन्द्र रेग्मी पुनः चयन भएका छन् । वरिष्ठ अधिवक्ता हरिप्रसाद पण्डितको निर्वाचन समितिले आगामी ३ बर्षका लागि रेग्मीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै हस्पिटलको संचालकमा कपिल पोखरेल, डा.ओमकुमार श्रेष्ठ र डा. प्रविण बानिँया चयन भएका छन् । नवनिर्वाचित कार्य समितिले शुक्रबार नै सपथ लिएका छन् ।











पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




