
भादगाउँ, २३ फागुन । भक्तपुर नगरपालिका–७, गोल्मढीमा बाँसुरी बाजा बाधकहरू दीक्षित भएका छन् । गोल्मढीको यातास्थित सहलह बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बाँसुरी बाजा प्रशिक्षण समापनको अवसरमा प्रशिक्षार्थीहरू दीक्षित भएका हुन् ।
गत वर्षको चैत १९ गतेदेखि प्रशिक्षण सुरु गरेका प्रशिक्षार्थी करिव एक वर्ष लामो प्रशिक्षणपछि दीक्षित भएका हुन् । नेवारी परम्पराअनुसार प्रशिक्षणका क्रममा प्रशिक्षार्थीका परिचय गोप्य राखिन्छ । प्रशिक्षणको समापनसँगै नासः द्यो (नाट्यश्वरी)को पूजा गरी प्रशिक्षार्थी दीक्षित हुँदै सार्वजनिक हुने गर्छन् ।
परम्परागत सांस्कृतिक बाजागाजा संरक्षण एवं नयाँ पुस्तालाई प्रशिक्षित गर्ने उद्देश्यले बाँसुरी बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको सहकारीले जनाएको छ । प्रशिक्षार्थीलाई भक्तपुर नगरपालिका–९, साकोलाङका गायक तथा सङ्गीतकार राजकुमार मानन्धरले प्रशिक्षण दिएका थिए ।
कोरोना सङ्क्रमणको जोखिमका कारण बन्दाबन्दीको बेला अनलाइनमार्फत प्रशिक्षण दिएको बताउँदैं गुरु मानन्धरले कोरोना कारण पनि प्रशिक्षण लम्बिएको जानकारी दिए। उनले कोरोनाको जोखिम कम भएसँगै नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालन गरी प्रशिक्षण सञ्चालन गरेको बताए। प्रशिक्षणका क्रममा आवश्यक बाजागाजालगायतको आवश्यक व्यवस्थापन सहकारीले गरेको थियो । प्रशिक्षणमा महिला पुरुष गरी २१ जना सहभागी भएका थिए ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



