प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से, ३ लाख ८५ हजारको कारोबार

-



     सफल आवाज    
     फागुन २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ फागुन । साताको दोस्रो कारोेबार सुरु हुनुभन्दा अघिको प्रि-ओपन सेसनमा सेयर बजार कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।

सो सेसनमा नेप्से सूचक ०.७३ अंकले घटेर २ हजार ५४२.६५ अंकमा झरेको हो । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि माइनसमा गएको छ । सो सेसनमा सेन्सेटिभ इन्डेक्स ०.८५ अंकले घटेर ४९८.२८ बिन्दुमा झरेको हो ।

यस सेसनमा १८ कम्पनीको ९५५ कित्ता सेयर ३ लाख ८५ हजार ४१८ रुपैयाँ बराबरको किनबेच भएको छ भने नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ६ समूहको कारोबार भएको छ ।

जसमा विकास बैंक, जलविद्युत र निर्जीवन बिमाको सेयर उकालो लागेको छ भने बैंकिङ र लघुवित्तको सेयर ओरालो लागेको छ । उत्पादनमुलक उपसमूहको सेयर भने स्थिर रहेको नेप्सेले जनाएको छ ।