
काठमाडौं, २३ फागुन । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै घरमा ५ जनाको निधन भएको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार नल्लुमा काइँली स्याङ्तानको परिवारका ५ जनाको निधन भएको पुष्टि गरे ।
५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको छ । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको र उपचारको क्रममा २ दिनको एक नाबालकको पनि निधन भएको प्रहरीले जनाएको छ । २३ वर्षीय सुभाष स्याङ्तानको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
प्रवक्ता शाहले सफल आवाजलाई दिएको जानकारीअनुसार आइतबार राति स्याङ्तान परिवार खाना खाएर सुतेका रहेछन् । बिहान १२ बजे वडाध्यक्ष तीर्थ धलानले केही व्यक्तिको निधन भएको र केही घाइते भएको सूचना दिएपछि प्रहरीकाे टाेली घटनास्ठलमा गएर अनुसन्धानमा खटेकाे हाे ।
घटनास्ठलमा इलाका प्रहरी कार्यालय काञ्जोसोमबाट प्रहरी निरीक्षकको टोली, वृत्त चापागाउँबाट प्रहरी नायव उपरीक्षकको टोली र प्रहरी ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षकको टोलीसहित चिकित्सकको टोली खटिएको प्रवक्ता शाहले बताए ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



