
काठमाडौं, २३ फागुन । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले साना लगानीकर्तालाई ठगिने अवस्था नआउने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले साना लगानीकर्ताको हितमा काम गर्ने आश्वासनसमेत दिएका हुन् ।
‘साना लगानीकर्ताहरु ठगिने गुनासो धेरै आइरहन्छ,’ उनले भने, ‘लगानीकर्ता ठगिने अवस्था आउनु हुँदैन ।’ लगानीकर्ताले दिएको रकम ब्रोकरले अन्तै लगानी गर्दा यस्तो अवस्था आएको उनले बताए । उनले अब ब्रोकर कम्पनीले लगानीकर्ताकाे रकम अन्त लगानी नगर्न निर्देशन दिए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले अहिलेको व्यवस्थाअनुसार कारोबार भएको २ दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनीसमेत दिए । उनले भने, ‘सेयर कारोबारमा टी प्लस टुमा सेटलमेन्ट (राफसाफ) भइसक्नुपर्ने व्यवस्था छ, त्यो बेलासम्ममा सेटलमेन्ट गरिसक्नु होस्, समयभित्र सेटलमेन्ट भएन भने तत्काल कारबाही हुन्छ ।’
उनले बुक विल्डिङ विधिमार्फत् आइपीओ जारी गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै नेपालमा पनि यसलाई प्रभावकारी कार्यान्वयन गर्ने बताए । धेरै नाफा गरेका कम्पनीहरु अंकित मूल्यमा नआउने र त्यसको लागि बुक विल्डिङ विधि नै सबैभन्दा प्रभावकारी हुने उनले बताए ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




