
काठमाडौं, २३ फागुन । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रालिले यहि फागुन २४ गते नारी दिवसको दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यसदिन अस्पतालले विशेषगरी स्त्री रोगसँग सम्बन्धित निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो ।
वरिष्ठ स्त्री रोग तथा निशन्तान विशेषज्ञ डा. जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निशन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तर क्यानसरको निःशुल्क ओपीडी सञ्चालन गर्ने भएका छन् । यस सेवा २४ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । स्त्री रोग तथा निसन्तानसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण र स्तन क्यान्सरसम्बन्धी सम्पूर्ण रोगको परामर्श जाँच एवं उपचार गरिनेछ ।
नेपाली समाजमा दिन प्रति दिन बाजोपन तथा स्त्री रोगको समस्या तथा स्तन क्यानसरको समस्या दिन प्रति दिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दीपक चन्द्र बरालले बताए । उनका अनुसार शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श साथै प्याप स्मेर जाँच गर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवासमेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।
पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्यक्रियालगायत स्त्री रोगसम्बन्धी कुनै पनि समस्या भएका र उनीहरुको ल्याप्रोस्कोपी सर्जरीबाट बाटै अप्रेशन गर्नु नै पर्ने अवस्था आएमा पनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यावस्था ल्याएका अस्पतालले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




