
काठमाडौं, २३ फागुन । जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ कन्फेरेन्स सम्पन्न भएको छ ।
बिहीबारदेखि सुरु भएको कन्फेरेन्स शनिबारसम्म चलेको थियो । पोखराको होटेल एल्लो प्यागोडामा देशभरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा सञ्चालक सदस्यको उपस्थितिमा अर्धवार्षिक मार्केटिङ कन्फेरेन्स २०७८ सम्पन्न गरेको हो ।
कार्यक्रममा शाखा कार्यालयहरुको विगत वर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या, त्यसका समाधान र आगामी वर्षका रणनीतिक योजनाहरु पनि छलफल भएको थियो । कार्यक्रमको व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गरेका थिए । पोखरा शाखा प्रमुख शिवप्रसाद देवकोटाले स्वागत गरेका थिए ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




