१२३ रुपैयाँ पुग्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     फागुन २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ फागुन । अमेरिकी डलरको मूल्य बढेको छ । सोमबारको तुलनामा २ रुपैयाँको हाराहारीमा बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलरको मूल्य १२२.८४ पैसा खरिददर र १२३.४४ रुपैयाँ विक्रीदर कायम गरिएको हो ।

आज युरोपियन युनियनको एकको खरिददर १३३.२२ रुपैयाँ र विक्रीदर १३३.८७ रुपैयाँ कायम गरिएको छ भने युके पाउण्ड स्टलिङको एकको खरिददर १६१.७२ रुपैयाँ र बिक्रीदर १६२.५१ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज क्यानडियन डलर एकको खरिददर ९६.५८ रुपैयाँ र बिक्रीदर ९७.०५ रुपैयाँ कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.८९ रुपैयाँ र बिक्रीदर ९१.३३ रुपैयाँ छ भने सिंगापुर डलरको एकको खरिददर ९०.०४ र बिक्रीदर ९०.४८ रुपैयाँ कायम गरिएको हो ।

आज जापानीज यन १० को खरिद १०.६७ र बिक्री १०.७३ मा किनबेच भइरहेको छ भने चाइनीज युआन एकको खरिददर १९.४४ र बिक्रीदर १९.५४ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।