जति संक्रमित, त्यति निको: नेपालमा १२४६ संक्रमित थपिँदा १२४३ निको भए

-



     सफल आवाज    
     असाेज १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ असोज । नेपालमा गएको २४ घण्टामा जति संख्यामा काेराेना संक्रमित भए, सोही हाराहारीमा निको भएका छन् ।

बिहीबार १ हजार २ सय ४६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा १ हजार २ सय ४३ जना निको भएको जानकारी दिए ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । देशभरमा सक्रिय संक्रमित १६ हजार २ सय ४१ जना छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना निकोसँगै कोरोना मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नेपालमा ४ जनाको मात्र मृत्यु भयो । तीमध्ये ३ महिला र १ पुरुष छन् ।