प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५३ अंकले घट्यो

-



     सफल आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५३ अंकले घटेको छ ।

सोमबार १.५५ अंकले बढेर २५४४.९४ विन्दुमा पुगेर बजार बन्द भएको थियो । आज प्रि ओपन सेससनमा नेप्से २.३ अंकले घटेर २५४२.४२ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स १.८६ विन्दुमा रहेको छ ।

आजको प्रि ओपन सेसनमा १० लाख तेह्र हजार ६७० रुपैयाँ बराबरको कारोबार भएको छ । १ हजार २८६ कित्ता सेयरको खरिदबिक्री भएको छ ।