
२५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं-दिल्ली रुटमा अब दैनिक २ उडान गर्ने भएको छ ।
भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक २ उडान गर्ने भएको हो । नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन) बाट यो रुटमा दैनिक २ उडान हुनेछ । अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ ।
अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगमले मात्रै दैनिक रुपमा एउटा उडान गरिरहेको छ । भारतको बनारसमा भने बुद्ध एयरले पुनः उडान सुरु गर्ने तयारी गरिरहेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




