
काठमाडौं, २५ फागुन । नेपाल निर्माण व्यवसायी महासंघ (एफसीएएन) को अध्यक्षका लागि ५ जना आकांक्षी देखिएका छन् ।नयाँ नेतृत्वका लागि हुने चुनावमा अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष रमेश शर्मा, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्व महासचिव रामशरण देउजा र व्यवसायी हुमनाथ कोइरालाले उम्मेदवारी दिने तयारीमा छन् ।
महासंघका अनुसार अहिलेसम्म प्यानल भने कसैले पनि बनाएका छैनन् । शुक्रबार काठमाडौंमा सुरु हुने २३औं साधारणसभा तथा १२औं अधिवेशनमा महासंघका ७ वटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । त्यसबाहेक ३९ जना एसोसिएटतर्फका प्रतिनिधिले पनि मतदान गर्नेछन् ।
प्रत्येक प्रदेशबाट १५ जना प्रतिनिधि आउनेछन् । जिल्ला प्रतिनिधिको संख्या भने सम्बन्धित संघको सदस्य संख्यामा निर्भर हुनेछ । अध्यक्ष पदको आकांक्षी पूर्वअध्यक्ष शर्मा ‘शर्मा एन्ड कम्पनी’ का सञ्चालक हुन् । कांग्रेस निकट शर्मा ‘निर्माण व्यवसायी संघ’ बाट महासंघमा रुपान्तरण भएपछिको पहिलो अध्यक्ष पनि हुन् ।
वर्तमान अध्यक्ष सिंह यसअघि नेपाली कांग्रेसकै समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतरको टिमबाट केन्द्रीय सदस्यमा पराजित भएका थिए । अध्यक्ष बन्ने दौडमा रहेका पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेका छोरा उनी अघिल्लो कार्यकालमा नै अध्यक्षमा दावी गरेका थिए ।
पूर्वमहासचिव देउजा आर कोमल कन्स्ट्रक्सनका सञ्चालक हुन् । कांग्रेस निकट उनी शरद गौचन अध्यक्ष हुँदा महासचिव थिए । कोइराला बिकोइ बिल्डर्सका सञ्चालक र कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुन् ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




