
काठमाडौं, २६ फागुन । बलेफी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । कम्पनीले माघ २७ गतेबाट आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर बिक्रीमा ल्याएको थियो ।
प्रतिसेयर रुपैयाँ १०० मूल्य अंकित दरका १८ लाख २७ हजा। ९७० कित्ता सेयर निष्काशन गरिएको थियो । सो सेयरमध्ये १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्रका जनताको लागि रहेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २, ३, ४ का स्थानियको लागि १० लाख ९६ हजार ७८२ कित्ता र बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता सेयर जुगल गाउँपालिका वडा नं ५, ७ तथा बलेफी गाउँपालिकाको वडा नं १, ३, ६, ७ र सुनकोशी गाउँपालिकाको वडा नं ७ का जनताका लागि रहेको छ ।
लगानीकर्ताले कुमारी बैंकको जलवीरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा शाखा तथा खाडीचौर शाखा कार्यालयबाट आवेदन दिने सक्नेछन् ।
सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुले घडिमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




