
काठमाडौं, २६ फागुन । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५२.२१ अंकले बढेर २ हजार ५६६.७९ अंकमा प्रवेश गरेको छ । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२४ अंकले बढेर ४९३.४३ अंकमा उक्लेर कारोबार बन्द भएको हो । आज २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता सेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँमा किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका १३ उपसमूहहरुमध्ये आज अन्य समूहबाहेक सबैको सेयर उकालो लागेको छ । आज सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले कमाएका छन् । वित्त उपसमूह ५.०६ प्रतिशतले बढेको हो ।
बैंकिङ १, व्यापार २.३९, होटल तथा पर्यटन १.४६, विकास बैंक ४.७९, जलविद्युत ४.१२, निर्जीवन बिमा २.२३, उत्पादनमुलक २.१२, लघुवित्त २.०१, जीवन बिमा २.८८, सामुहिक लगानी कोष १.४६ र लगानी उपसमूह ४.२ प्रतिशतले बढेका छन् ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




