अपि पावरले पायो हकप्रद निष्काशनको अनुमति

-



     सफल आवाज    
     फागुन २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ फागुन । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अपि पावर कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ ।

कम्पनीले १० बराबर ३.९३ अनुपातमा हकप्रद निष्काशन गर्न बिहीबार बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।