फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

-



     सफल आवाज    
     फागुन २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ फागुन । लगातार उकालो लागेपछि झर्न थालेको सुनको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा बुधबार २५ सयले बढेर प्रतितोला १ लाख साढे ५ हजारमा कारोबार भएको सुनको मूल्य बिहीबार भने ३५ सय रुपैयाँ घटेको थियो ।

बिहीबार अघिल्लो दिनको तुलनामा ३५ सयले घटेर १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि सुनको मूल्य ६ सय रुपैयाँ बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको पनि आज प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ११५ रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार ४५ रुपैयाँले घटेको सुनको मूल्य १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो । बुधबार चाँदीको भाउ तोलाको १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।