विश्वमा २ करोड २० लाख ३८ हजार मानिसले कोरोनालाई जिते

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ असोज । विश्वमा २ करोड २० लाख ३८ हजार ६९ मानिसले कारोना भाइरसकाे संक्रमणलाई जितेर घर फर्किएका छन ।

कुल संक्रमित संख्या ३ करोड ३४ लाख ८ हजार ५७९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५० हजार ५४५ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाका सक्रिय केसहरु ७३ लाख ५९ हजार ९६५ रहेका छन् । ७२ लाख ९८ हजार ८२२ जनाको अवस्था सामान्य भईरहेको छ । ६१ हजार १४३ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको देश अमेरिकामा ४१ लाख ५५ हजार ३९ जना निको भएका छन् । ६८ लाख ७४ हजार ५९६ कुल संक्रमित संख्या हो । त्यहाँ २ लाख २ हजार २१३ जनाको ज्यान गएको छ ।

भारतमा ४१ लख ९ हजार ८२८ जना निको भएका छन् । ५२ लाख १२ हजार ६८६ संक्रमित संख्या हो । त्यहाँ ८४ हजार ४०४ जनाको ज्यान गएको छ ।

बराजिलमा ३७ लाख ५३ हजार ८२ जना निको भएका छन् । ४४ लाख ५७ हजार ४४३ जनामा संक्रमण भएकोमा १ लाख ३५ हजार ३१ जनाले ज्यान गुमाएका वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।