
काठमाडौं, २ चैत । बेष्ट फाइनान्स कम्पनी लि.ले आफ्नो १५ औं शाखा चितवन जिल्लाको नारायणगढ, सहिदचोकमा विस्तार गरेको छ । फाइनान्सले आज चैत २ गते बुधवारबाट उक्त शाखाकाे औपचारिक शुभारम्भ गरेकाे हाे । चितवन जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठले फाइनान्सकाे उक्त शाखाकाे विधिवत रुपमा उद्घाटन गरेका हुन । शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ताहरु तथा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहक महानुभावहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं कमलादीमा प्रधान कार्यालय रहेका एन आर एन द्धारा प्रबर्धित राष्ट्रिय स्तरको बेष्ट फाईनान्स कम्पनी लि.ले निकट भविष्यमा नेपालको बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरीमा लगायत अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेको बताएकाे छ ।
फाईनान्स कम्पनीले पछिल्लो वर्षमा उल्लेख्य वित्तिय विवरण सुधार गर्दै आफनो ग्राहकवर्गलाई उच्चतम प्रविधिका साथ ग्राहक वर्गमा सेवा उपलब्ध गराउँदै आएको छ । घरमै बसि अनलाई मार्फत सहज तथा सरल तवरले खाता संचालनको नंया सुविधा समेत संस्थाले हालसालै संचालनमा ल्याएको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




