
पोखरा, ३ चैत । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यलय रहेको यस वित्तीय संस्थाले २०५३ साल देखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो । नेपाल अधिराज्यभर सञ्चालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाइनान्स लि. राष्ट्रिय स्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ ।
स्थापनाकालको २५ औं वर्षसम्म आईपुग्दा संस्थाले ठुलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अगाडी बढीरहेको छ ।
हाल यस वित्तीय संस्थाको अधिकृत पूँजी १५० करोड रहेको छ । चुक्ता पूँजी १.०४ अर्व रहेको छ । देशका विभिन्न ठाउँहरुमा सञ्जाल बिस्तार गर्न सफल यस वित्तीय संस्थाको हालसम्म २४ शाखा, १ एक्स्टेन्सन काउन्टर र ४ एटिएम सञ्चालनमा रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङले सफल आवाजलाई बताए ।

२५ औं वार्षिकोत्सवको अवसरमा संस्थाले चैत्र २ गते प्रधान कार्यालय प्राङगण न्यूरोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको २५ औ वर्षसम्मको निरन्तर यात्रामा सद्भाव र सहयोग प्रदान गर्नुहुने सम्पुर्ण आदरणीय ग्राहकवर्ग, शेयरधनी महानुभावहरु, शुभेच्छुक, कर्मचारी तथा नियामक निकायहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै वित्तीय संस्था आगामी दिनहरुमा समेत आफ्नो ग्राहकहरुलाई छिटो, छरितो, सुरक्षित एवम् सुदृढ बित्तिय सेवा प्रदान गर्न तत्पर रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।









रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




