बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     चैत्र ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
स‌याेगले फागु पूर्णिमा पर्व परेको छ । नेपालीले विषेशगरी चाडपर्वको बेलामा आफ्नो गच्छेअनुसार गरगहना लगाउने चलन पनि रहेको छ ।

पहाडमा आज फागु पूर्णिमाको अवसरमा एकअर्कामा रंग, अविर लगाएर खुसि साटासाट गरिदैंछ । आजै थकाली समुदायले तोरन्लह मनाईरहेका छन् भने तराईमा विशेष होलि शुक्रबार मनाईने चलन रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागु पूर्णिमाको दिनमा छापावाला सुनमा रुपैयाँ ५०० र चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ ।

यसदिन छापावाला सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावाला सुन तोलाको ९९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ २० ले बृद्धि भएर तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार ३७० रुपैयाँ तोकिएको थियो ।