आज विदेशी मुद्राको विनियमदर कति ?

-



     सफल आवाज    
     चैत्र ३ गते २०७८ मा प्रकाशित



\काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर १२२ रुपैयाँ ३३ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रीदर १३४ रुपैयाँ ५१ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ९९ पैसा र विक्रीदर १५९ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रुपैयाँ १९ पैसा रहेको छ ।

जापानी यन आज १० बराबर नेपाली १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३४ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा रहेको छ ।