
काठमाडौं, ४ चैत । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्तावलाई पारित गर्न चैतको २५ गते साधारण सभा आव्हान गरेको छ ।
संस्थाको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । साथै कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांशसहित ७३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
लघुवित्तको प्रस्तावित सो लाभांश वितरण गर्नका लागि संस्थाको तेश्रो साधारण सभा केन्द्रिय कार्यालय, कटहरी मोरङमा बोलाईएको हो । साधारण सभा चैत २५ गते बिहान १०.३० बोलाईएको छ ।
सभाबाट लाभांश वितरणको प्रस्तावसंगै अन्य लघुवित्तसंग गाम्ने वा गाभिने कार्यका लागि त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित हुनेछ ।
यस्तै संस्थाको चुक्ता पूँजी १ अर्बबाट २ अर्ब पुर्याउने, जारि पूँजी ६० करोड ८४ लाखबाट १ अर्ब ३ करोड पुर्याउने तथा सर्वसाधारणको तर्फबाट २ जना संचालकको चयनलगायतका प्रस्ताव पारित गरिने भएको छ ।
साधारण सभालाई लक्षित गरेर लघुवित्तले चैत १२ गतेदेखि बुक क्लोज गर्ने भएको छ । लाभांश प्राप्ति तथा साधारण सभामा सहभागि हुनका सेयरधनीहरु चैतको १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी कायम भएको हुनुपर्नेछ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




