
पोखरा , ५ चैत । घरमा नकुहीने फोहोर छ ? फोहोर कहाँ फाल्नु भएको छ ? फोहोरलाई तपाई मोहरमा बदल्न सक्नु हुनेछ । पोखरा महानगरपालिका १६ अर्मलामा ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फोहोरलाई मोहर दिएर संकलन गरी रहेको छ । फोन गरेर आफ्नो घरमा भएको नकुहीने फोहोर दिन सक्नुहुनेछ ।
सहकारीको पोखरा १६ अर्मलामा स्थापना भएको फोहोर संकलन केन्द्रले लैजाने ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास आचार्यले बताए । अहिले पोखरा महानगरपालिकाले फोहोर फाल्ने ठाउँका स्थानीयले अवरोध गरेपछि फोहोर उठाउन सकेको छैन । पोखराको सडक छेउमा फोहोरका थुप्रा यत्रतत्र छन् ।
आचार्यले आफुहरुले पैसा नै दिएर विगत एक वर्ष देखी फोहोर उठाउदै आएको बताए तर कुहीने फोहोर भने नलिने उनको भनाई छ । उनले घरमा फोहोर संकलन भएपछि फोन गरेर बोलाएमा घरमा लिन जाने बताए । तर फोहोरको बर्गिकरण भने गरेर राख्नु पर्ने उनले बताए ।
अहिले प्लास्टिककाे प्रतिकेजी ८ रुपैयाँ, कागज प्रतिकेजी १० रुपैयाँ, फलाम प्रतिकेजी ४० रुपैयाँ, कपडा ४ रूपैयाँ प्रतिकेजी, तामा प्रतिकेजी ६ सय ५० रुपैयाँ र वियरको बोटल प्रति दुई वटा १ रुपैया तोकिएको बताए । अहिले १ सय ४३ जना सेयर सदस्य र ५० लाखको पूँजी रहेको अध्यक्ष आचार्यले बताए ।
नकुहिने फोहोर पैसा दिएरै तपाँइको घरबाटै उठाउँछौ। कृपया ९८५११९३५६२ मा सम्पर्क गर्नुहोस र फोहर लिन आउने समय लिनुहोस। हामी सक्दो उहि दिन नभए अर्कोदिन तपाइकहाँ फोहर लिन आउने छौ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




