घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाला सुन तोलामा ६०० तथा चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन ताेलामा रुपैयाँ ६०० घटेर प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुनको भाउ तोलाको भाउ ९९ हजार तीन सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १ हजार ३८५ रुपैयाँ तोकिएको थियो ।