
अर्कान्सास, ६ चैत । संयुक्त राज्य अमेरिकाको अर्कान्सासमा एउटा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते भएको शनिबार सञ्चारमाध्यमहरूले जनाएका छन्।
“एएसपी (अर्कन्सास राज्य प्रहरी) लाई प्राप्त प्रारम्भिक जानकारी अनुसार गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्,” प्रहरीले शनिबार अमेरिकी प्रसारण नेटवर्क नेसनल ब्रोडकास्टिङ कम्पनी (एनबीसी) लाई उद्धृत गर्दै विज्ञप्तिमार्फत जनाएको छ।
अर्कान्ससको देशा काउन्टीस्थित डुमस शहरमा शनिबार राति गोली चलेको हो । प्रहरीका अनुसार राजमार्ग गस्ती अधिकारी, सेना र अन्वेषकहरूलाई कार शो भइरहेको व्यावसायिक स्थानमा पठाइएको थियो।
सम्भावित संदिग्धहरू र घाइतेहरूको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




