
काठमाडौं, ६ चैत । नेपाल धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह कार्यक्रम मनाउने भएको छ । बोर्डले चैत्र ७ गतेदेखि चैत्र १३ गतेसम्म (मार्च २१ देखि २७ सम्म) एक हप्ताका लागि विश्व वित्तीय मनाउन लागेको हो ।
सप्ताह कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । उनका अनुसार बोर्डले किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वको लागि जागरण ल्याउने उद्धेश्यले कार्यक्रम मनाउन लागेको हो ।
कार्यक्रम अर्गनाइजेशन अफ इकोनोमिक कोअर्पोरेशन एण्ड डेभलपमेन्टको आयोजनामा वार्षिक रुपमा मनाइने कार्यक्रम नेपाल राष्ट्र बैंकको समन्वयमा मनाउने प्रवक्ता गिरीले बताए । सप्ताह कार्यक्रमको पहिलो दिन फाइनान्सियल सर्भिस लिट्रेसी एण्ड इट्स इम्पोटेन्स विषयमा धितोपत्र बोर्ड, राष्ट्र बैंक, बिमा समिति र सहकारी बिभागबाट संयुक्त कार्यक्रम सञ्चालन गरिने भएको छ ।
दोस्रो दिन पम्लेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, धितोपत्र बजारको अवस्था तथा प्रवृति बजारको विकास तथा विस्तारका लागि विगतका वर्षहरुमा भएका पहलहरु प्रकाशनलगायतका विषयमा छलफल हुनेछ ।
बुधबार विभिन्न प्रदेशमा धितोपत्र बजारसम्बन्धि लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, बिहीबार धितोपत्र बजारका आधारभूत पक्षहरु नेपालको सन्दर्भको विषयमा प्रदेश स्तरीय अन्तक्रिया धनगढीमा सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




