ग्रीन भेन्चर्सको आइपीओ मंगलबारदेखि बिक्री खुला, कति कित्तासम्मका लागि दिने आवेदन ?

-



     सफल आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ चैत । ग्रीन भेन्चर्सले मंगलबारदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरु र २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन पाइनेछ । आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि फागुन २ गतेदेखि फागुन २० गतेसम्म आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ जारी गरिसकेको छ । चैत ८ गतेदेखि खुला हुने आईपीओमा सर्वसाधारणले पनि आवेदन दिन पाउनेछन् ।