नेप्से परिसूचक १४ अंकले घट्यो, राष्ट्र उत्थान लघुवित्तको कारोबारमा सर्किट

-



     सफल आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ चैत । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से सूचक १४.६७ अंकले घटेर २ हजार ६१६.५८ अंकमा झरेको छ ।

नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०१ अंकले घटेर ४९४.३८ अंकमा झरेको छ । आज २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँमा किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएका १३ उपसमूहमध्ये आज १ उपसमूहको सेयर मात्रै उकालो लागेको छ भने बाँकी समूहको सेयर राताम्य देखिएको छ । आज राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबारमा सर्किट लागेको छ । सो लघुवित्तको सेयर १० प्रतिशतले बढेर कारोबार बन्द भएको हो । इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ ।